काठमाडौें - सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे  कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।

दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो। अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए। 

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो।