एफए कप: लिभरपुल र चेल्सीसहित को को पुगे चौथो चरणमा ?
काठमाडौं - इंगलिश एफए कप फुटबलमा प्रिमियर लिग लिडर लिभरपुल र चेल्सी चौथो चरणमा प्रवेश गरेका छन् ।
आइतबार राति भएको तेस्रो चरणको खेलमा एभर्टनलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुल पिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन कुर्टिस जोन्सले निर्णायक गोल गरे । खेलको ७१ औं मिनेटमा जोन्सले निर्णायक गोल गरेका हुन् ।
त्यस्तै नोटिङघम फोरेस्टलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे । टोटनह्याम हट्सपरले भने मिडल्सबर्गसँग १–१ गोलको बराबरी खेलेको छ । बराबरीसँगै रिप्ले खेल खेल्नु पर्ने भएको छ ।
जितले टिम चौथो चरणमा पुग्दा हारले बाहिरिन्छ भने बराबरीले रिप्ले खेल्नुपर्ने हुन्छ । यस्तै सेफिल्ड युनाइटेडले एएफसी फ्लेडलाई २–१ गोल् अन्तरले हरायो ।
क्रिस्टल प्यालेस डर्बी काउन्टीसँग १–० गोल अन्तरले पराजित भयो । वेष्टब्रोमविच आल्बियनले चार्लटन एथलेटिकलाई १–० गोल अन्तरले हरायो । क्विन्स पार्क रेन्जर्सले स्वान्सी सिटीलाई ५–१ गोल अन्तरले हरायो । बार्नस्ली, शेफिल्ड युनाइटेड र नर्थह्याम्पटन टाउन पनि विजयी हुँदै चौथो चरणमा पुगेका छन् ।
फेसबुक पेज Like गर्नुहोस