आज २१ डिसेम्बर अर्थात्, छोटो दिन लामो रात
काठमाडौं - आज २१ डिसेम्बर अर्थात् सन् २०२० को सबैभन्दा छोटो दिन तथा लामो रात हो । आज पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र दक्षिणी गोलार्धमा दिन लामो हुने गर्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले छोटो दिन र रात लामो हुने गर्छ । यस खगोलीय घटनालाई ‘विन्टर सोल्सटिस भनिन्छ ।
यो समय सूर्यको किरण पृथ्वीमा धेरै छोटो समयको लागि रहन्छ । सूर्यको उपस्थिति करिब ८ घण्टासम्म मात्र रहन्छ र यो सूर्य अस्ताएपछि करिब १६ घण्टा रात रहन्छ ।
विन्टर सोल्सटिसपछि चिसो धेरै बढ्छ । यस घटनापछि, चन्द्रमाको प्रकाश लामो समयको लागी पृथ्वीमा रहन शुरू गर्दछ। जबकि सूर्य छोटो समयको लागि पृथ्वीमा रहन्छ । सूर्योदय र सूर्यास्तको सहि समय समय क्षेत्र र भौगोलिक स्थानमा पनि निर्भर गर्दछ।
विन्टर सोल्सटिसमा पृथ्वी आफ्नो अक्षमा करिब २३.५ डिग्री झुक्छ । यसकारण प्रत्येक गोलार्द्धले वर्षभरि सूर्यको प्रकाशको विभिन्न मात्रा प्राप्त गर्दछ। डिसेम्बर विन्टर सोल्टिसको दिनमा जब सूर्यको प्रत्यक्ष किरण भूमध्यरेखाको दक्षिणतिर मकर राशिको उत्तरी गोलाद्र्धमा पुग्छ ।
फेसबुक पेज Like गर्नुहोस