काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

अधिकारीलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले समर्थन गरेका छन् । नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

अधिकारीले मुख्यमन्त्री नियुक्त हुँदा ३३ सांसदको समर्थन पाएका थिए । आजको प्रदेशसभा बैठकमा अधिकारीलाई स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे भने एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक सञ्चालन गरेका कारण उनले मतदान गरेनन् ।