काठमाडौं - पछिल्लो २४ घन्टामा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका हुन्। 

यससँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या सात लाख २७ हजार १८५ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९४.५ प्रतिशत रहेको छ। 

No photo description available.