पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना पुष्टि, १७ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । क्वारेन्टिनमा भने ७६७ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस