काठमाडौं - नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको मन्त्रालयले बताएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितहरुमध्ये हालसम्म २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् । पछिल्लोसमय ११४ जना कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।