देशवासीका नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री दाहालकाे तयारी
खबर एक्सप्रेस
२०८०-०९-०३ ११:४० मा प्रकाशित
Total Shares: 122
काठमाडौं - सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।
सोही अवसरमा प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
दाहालले सोमबार मात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए।
फेसबुक पेज Like गर्नुहोस