चेल्सी बराबरीमा रोकियो
खबर एक्सप्रेस
२०७७-०८-२४ ०८:३० मा प्रकाशित
Total Shares: 690
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा चेल्सीले रुसी क्लब एफसी क्रास्नोडारसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार राति समूह ईको खेलमा लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा अग्रता पाहुना टोली क्रास्नोडारले रेबेला काबिलाको गोलमा लिएको थियो । जोर्गिन्होले त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
चेल्सी यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको थियो । सोही समूहको अर्को खेलमा स्पेनिस क्लब सेभियाले फ्रान्सेली क्लब रेनिसलाई ३–१ ले पराजित गर्यो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस