श्रीमान राज कुन्द्राको गिरफ्तारीप्रति शिल्पा सेट्टीको यस्तो प्रतिक्रिया
काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री शिल्पा सेट्टी पछिल्लो समय निकै तनावमा रहेकी छन् । उनको श्रीमान राज कुन्द्रा पोर्नोग्राफी केशमा न्यायिक हिरासतमा रहेकी छन् ।
यो घटना बाहिर आएपछि उनी मौन रहेकी थिइन् । तर, उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो मौनता तोडेकी छन् । उनले भनेकी छन्,‘केही दिनदेखि म र मेरो परिवार तनावमा रहेको छ । केही अफवाह र आरोपको सामना मेरो परिवारले गरिरहेको छ । मिडिया र मेरो शुभचिन्तकले पनि यस विषयमा धेरै कुरा बोलिसकेका छन् । म मात्र नभई मेरो परिवार नै ट्रोलको शिकार भएको छ । म यसबारेमा मौन छु र मौन नै रहनेछु । कुनै वक्तव्य दिने पक्षमा म छैन ।
उनले अगाडि भनेकी छन्, एक सेलिब्रिटीका रुपमा मैले आफ्नो फिलोसोफी बनाएकी छु । बाहिर चल्ने आरोपबारे सफाइ दिनु आवश्यक छैन । हाल कानुनीरुपमा छानबिन चलिरहेको छ । प्रहरी र न्यायलय प्रति हाम्रो उच्च सम्मान छ । म एक आमाको हैसियतले निवेदन गर्छु कि हाम्रो बच्चाको निम्ति हाम्रो प्राइभेसीको सम्मान गरियोस् । आधाअधुरा कुरालाई लिएर टिप्पणी गर्न बन्द गरियोस् ।’
फेसबुक पेज Like गर्नुहोस