प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेसबीच २ बुँदे सहमति
काठमाडौं - प्रदेश २ को सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा सहभागी हुन औपचारिक रुपमा काँग्रेसले २ बुँदे सहमति गरेको हो ।
सहमति अनुसार लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह जाने भएका छन् । यस्तै, प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमति भएको छ ।
कांग्रेसले सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाउने छ । यस्तै, नेकपा माओवादी केन्द्र पनि दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने बताइएको छ ।नवनियुक्त मन्त्रीहरुले बुधबार नै सपथ लिने तयारी भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस