प्रिमियर लिग : सिजनमा पहिलो पटक हार्यो लिभरपुल
काठमाडौं - प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० ले हराएको हो । खेलमा ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो । सर्रले ५४ औ मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जित सुनिश्चित गरेका थिए । लिभरपुलले प्रियिमर लिगका पछिल्ला १८ खेलमा जित निकालेको थियो ।
फेसबुक पेज Like गर्नुहोस