असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’
काठमाडौं - कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ ।
बुधबार बालुवाटारमा बसेको निर्देशक समितिको बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको हो । असार दोस्रो सातादेखि स्मार्ट लकडाउन हुनेछ ।
जारी लकडाउन कायम राख्दै त्यसपछि अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गर्ने समितिको निर्णय छ ।
वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च सरकारले दिने
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
१५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको बेला १० दिनको खर्च सरकारले व्यहोर्ने भएको हो । बाँकी पाँच दिनको खर्च निज व्यक्तिले व्यहोनुपर्दछ ।
बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने पनि निर्णय गरेको छ ।
साथै, चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउन गृहकार्य सुरु गरिने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस