एनआईसी एशियाबाट अनलाईन कारोबार गर्दा ५०० सम्म रकम फिर्ता
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ ।
एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटबाट १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सकिनेछ । खाता खोलिसकेपछि प्राप्त खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सकिनेछ ।
अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहकलाई वार्षिक रु १४००० फाइदा हनुेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ ।
मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नेछन् । यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिब मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेिबट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ ।
यसको अतिरिक्त ग्राहकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाइन्छ ।
फेसबुक पेज Like गर्नुहोस