काठमाडौं - आदित्यधरले बलिउड चलचित्र उद्योगमा परिचित निर्देशक हुन् । उनले ‘उरी’ जस्तै निकै दमदार चलचित्र बनाएका थिए । उनले केही समय पहिले एक प्रेमकहानीमा पाकिस्तानी कलाकार फवाद खान र अभिनेत्री कट्रिना कैफलाई पर्दामा सँगै अभिनय गराउने योजनामा थिए ।

आदित्यधर चलचित्र लेख्दै गर्दा पाकिस्तानी कलाकारलाई एकै समयमा भारतमा काम गर्न प्रतिबन्ध लगाइयो । सोही कारण उनको चलचित्र बाहिर आउन सकेन । कलाकार फवाद खान एक पाकिस्तानी कलाकार हुन् ।

यसैबीच आदित्यधरले यो चलचित्र पुनः सुरु गर्ने योजना बुनिरहेका छन् । तर यसमा अभिनेत्री कट्रिना नहुने जनाइएको छ । आदित्यधरले अभिनेत्री यामी गौतमलाई चलचित्रमा काम गर्ने पक्का गरिसकेका छन् ।

आदित्यधर र रोनी स्क्रूवाला अहिले अर्को चलचित्रमा सँगै काम गर्दै छन् । जुन चलचित्रमा अभिनेता विक्की कौशलले काम गर्नेछन् । मेगा बजेटको ‘इम्मार्टल अफ अश्वत्थामा’ हो । निर्देशक आदित्यधर र विक्कीको सहकार्य चलचित्र ‘उरी’ बाट भएको हो ।

त्यसयता उनीहरूले यो सुपरहिरो चलचित्र बनाउने निर्णय गरे । ‘इम्मार्टल अफ अश्वत्थामा’ कोरोनाका कारण लगाइएको लकडाउनका कारण रोकिएको थियो । तर निर्देशक आदित्यधर यसको लागि तयार छन् । निर्माण पक्ष चलचित्रको पूर्वनिर्माणमा व्यस्त छ । यस चलचित्रको छायांकन चाँडै नै सुरु हुने जनाइएको छ ।