'कोरोनाबाट बच्न मलेरियाको औषधि सेवन नगरौँ, ज्यान जानसक्छ'
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाका बिरामीमा मलेरियाविरुद्धको औषधिको परीक्षण प्रयोग तत्काललाई रोक लगाउने निर्णय गरेको छ ।
जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले मेलेरियाको औषधि हाइड्रोक्साइक्लोरोक्विन कोरोना संक्रमितले खाँदा झन् मृत्युको जोखिम बढाएको भन्दै यसको परीक्षण रोक्ने निर्णय गरेको बताएका हुन् ।
यसबारे सोमबार औषधीको सुरक्षित प्रयोग डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने र यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए ।
टेड्रोसका अनुसार साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ । तर, कोरोनाका बिरामी यो औषधीको सुरक्षित प्रयोगको विषयमा चिन्तित छन् ।
चिकित्सको चेतावनीविपरीत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यो औषधि कोरोना भाइरसको संक्रमण रोक्न उपयोगी हुने भन्दै आफूले सेवन गरिरहेको बताएका थिए।
बीबीसीबाट
फेसबुक पेज Like गर्नुहोस