महन्थ ठाकुर पक्ष सरकारमा सहभागी नहुने
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने भएको छ ।
सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेको उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिता दिएसँगै दलविहीन भएको ठाकुर पक्षले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो ।
आयोगको निर्णयसँगै महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन् ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस