थप ७३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु
खबर एक्सप्रेस
२०७७-११-१७ ०३:५१ मा प्रकाशित
Total Shares: 250
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ४७१ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७७ पुगेको छ । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस