अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरिसले गरे चिन्ता व्यक्त
काठमाडौं - अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चिन्ता व्यक्त गरेका छन्।
उनले इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीले त्यस क्षेत्रमा थप तनाव बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म आज इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीप्रति गहिरो चिन्तित छु। यो कदमले उक्त क्षेत्रमा झनै तनाव बढाउन सक्छ, जुन पहिले नै अत्यन्त संवेदनशील अवस्थामा छ। र यसले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा सीधा खतरा पुर्याउँछ।’
यो संघर्ष नियन्त्रणबाट बाहिर जाने सम्भावना बढ्दै गएको उनले बताए। यसकको असर आम नागरिकहरू, पुरै क्षेत्र र विश्वमा गम्भीर रूपमा पर्न सक्ने उनले उल्लेख गरे। गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई परिस्थिति अझ बिग्रन नदिन आह्वान गरेका छन्। साथै यूएन चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्। ‘यस संकटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो। र शान्ति नै एक मात्र आशा हो’, उनले भने।
फेसबुक पेज Like गर्नुहोस