चितवन मेडिकल कलेजले कपाल रोप्न किस्ताबन्दीमा ऋण दिने
काठमाडौं,चितवन - उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भने कपाल रोप्न ऋण उपलब्ध गराउने भएकाे छ । अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।
अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो ।
अस्पतालभित्रै यसकाे काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताए ।
बैंकले २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म यस्तो ऋण धितोविना नै शून्य ब्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस