काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नेपालमा ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

नेपाल कोरोना अपडेट : असार १४, २०७७

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित : ४६३
कुल कोरोना संक्रमित : १२ हजार ७७२
पछिल्लो २४ घन्टामा निको भएका : १७९
कुल निको भएका : ३ हजार १३
मृत्यु : २८
आइसोलेशनमा : ९ हजार ७३१
क्वारेनटाइनमा : ६१ हजार ७३१
पछिल्लो २४ घन्टामा पिसीआर परीक्षण : ४ हजार ९६३
कुल पिसीआर परीक्षण : २ लाख १५ हजार ८३९
पछिल्लो २४ घन्टामा आरडिटी परीक्षण : २ हजार ७३२
कुल आरडिटी परीक्षण : २ लाख ९६ हजार ७६६