सुनको मूल्य ५ सय रुपैयाँले घट्यो
खबर एक्सप्रेस
२०७९-११-२५ ०१:२६ मा प्रकाशित
Total Shares: 92
काठमाडौं-नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो ।
यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस