सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण
काठमाडौं - संघीय संसदका सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ ।
अछाम क्षेत्र नम्बर २ का सांसद बोगटीले साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनको मंगलबार फेरि पोजेटिभ भएको रिपोर्ट आएको हो । उनी हाल कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । आफ्नै घरमा आइसोलेसन बस्ने अवस्था नभएकाले कीर्तिपुरको आइसोलेसनमा आएको उनले बताए ।
नेकपाका महासचिव विष्णु पौडेलका पिएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पिएले पनि स्वाब दिएका थिए । पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आएकाे थियाे ।
उनले आइसोलेसनमा बस्दा पनि आत्तिनेभन्दा पनि आत्मबल दह्रो बनाउनु पर्ने सुझाव दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस