काठमाडौं - ७ हजार ६२५ नमूना परीक्षणमा ५ सय ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ६०६१ नमूनाको पीसीआर र १ हजार ५६४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५२२ र एन्टिजेन विधिबाट ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। शनिबार कोरोनाबाट ८ जनाको मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको हो। मन्त्रालयका अनुसार आइतबार थप ८ सय ७७ जना कोरोनामुक्त भएका छन्। 

कोरोनाका सक्रिय संक्रमितको संख्या १०२०१ पुगेको छ।