वीरगन्ज - नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालले दिएको सूचनाका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेखि ६९ वर्षको वृद्धसम्म रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङको क्रममा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।

नयाँ संक्रमित हुनेमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जना रहेका छन् ।