काठमाडौं - अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन प्रहरीको उच्चस्तरीय टोली चीन प्रस्थान गरेको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको हो ।

शाहसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्मा पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलले अवलम्बन गर्ने विभिन्न नीति तथा निर्माण प्रक्रियाबारे सदस्य राष्ट्रहरूबीच छलफल हुनेछ । 

साथै, इन्टरपोलको ‘कमिसन फर द कन्ट्रोल अफ इन्टरपोल फाइल’ का विभिन्न रिक्त पदमा निर्वाचनसमेत हुने कार्यक्रम छ ।

शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले महासभाका क्रममा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी कतार, भारत, जापान, बेलायत, अस्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने तयारी छ । ती बैठकमा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ ।