मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदै
खबर एक्सप्रेस
२०८०-११-१४ ०९:०८ मा प्रकाशित
Total Shares: 154
काठमाडौं - मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।
आज वार्तामा बस्नेगरी आइतबारको वार्ता टुंगिएको थियो । जसअनुसार सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुन लागेको हो ।
आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ ।
आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।
यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस