प्रचण्ड-नेपाल पक्षले बाेलायाे स्थायी र केन्द्रीय कमिटी बैठक
काठमाडौं - प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार तत्काल बैठक बोलाउने भनिए पनि मिति भने तोकिएको छैन ।
बैठकले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकताबारे छिटो निर्णय गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।
संसद् पुनस्र्थापना भएसँगै संसद् कैठकको मिति नजिकिँदै गएको छ । सरकारले २३ फागुनमा बैठक बोलाउन सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो ।
फेसबुक पेज Like गर्नुहोस