आज प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 24
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने भएका हुन् । ओलीले बैठकमा आफ्नो स्पेन भ्रमणका विषयमा सम्बोधन गर्ने बताइएको छ ।
स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी असार १४ गते स्पेन प्रस्थान गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस