सार्वजनिक यातायातमा मास्क अनिवार्य
खबर एक्सप्रेस
२०७८-०१-०६ ०७:२० मा प्रकाशित
Total Shares: 345
काठमाडौं - सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको बताए ।
कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक/सहचालकले मास्क उपलब्ध गराउनु पर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस