सनसिटी अपार्टमेन्टमा बस्नेहरुकाे र्यापिड टेस्टमा दुई सय ९८ जनाको रिपोर्ट 'नेगेटिभ'
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।
र्यापिड टेष्टमार्फत बुधबार परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिएका छन् ।
अपार्टमेन्टको ब्लक ‘ए’ बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण देखिएपछि बुधबार बिहानदेखि स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी महाशाखा र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा १५ जना स्वास्थ्यकर्मीको टोलीले अपार्टमेन्टमा रहेकाको कोरोना परीक्षण गरेको थियो ।
अपार्टमेन्टमा पाँच वटा ब्लक छन् । जसमा ५ सय परिवार बस्दै आएका छन् । मंगलबार अपार्टमेन्टमा बस्ने एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस