आईपीएल : दिल्ली क्यापिटल्स र राजस्थान रोयलर्सबीच खेल हुँदै
खबर एक्सप्रेस
२०७७-०६-२३ ०२:२२ मा प्रकाशित
Total Shares: 509
काठमाडौें, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयलर्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगाशालामा ७:४५ बजे सुरु हुनेछ ।
पछिल्लो दुई खेलमा जित निकालेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा राजस्थानलाई पराजित गर्दै दिल्ली पुन: तालिकाको शिर्षस्थानमा उक्लने दाउमा छ ।
यता, राजस्थान भने पछिल्ला तिन खेलमा पराजित भएको छ । आजको खेलमा दिल्लीलाई पराजित गर्दै लय सम्हाल्नेतर्फ राजस्थान केन्द्रित छ ।
राजस्थान ५ खेलमा चार अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस