सामाजिक सञ्जाल विधेयक ल्याउँदा कांग्रेससँग संवाद भएन : विश्वप्रकाश शर्मा
खबर एक्सप्रेस
२०८१-१०-२६ ०८:४६ मा प्रकाशित
Total Shares: 158
काठमाडौं-सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक परिमार्जन गरेर मात्रै पारित गरिने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सांसदसमेत रहेका कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल विधेयक संसद्मा ल्याउँदै गर्दा सरकारमा रहेका कांग्रेस र एमालेबीच पनि गहन छलफल नभएको बताए ।
सामाजिक सञ्जाल संसद्बाहिरको संसद् भएको बताउँदै शर्माले सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ताको शैली भने बदल्न जरुरी रहेको बताए ।
साथै सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ताको शैली परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस