राष्ट्रियसभाबाट आजदेखि युवराज खतिवडासहित १८ सांसदको बिदाइ हुने
काठमाडौं - आज मंगलबारदेखि राष्ट्रियसभाका १८ जना सांसदको दुई वर्षे कार्यकाल सकिँदैछ । राष्ट्रियसभाबाट कार्यकाल सकिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८, नेपाली कांग्रेसका ६, राष्ट्रिय जनता पार्टी राजपाका २, समाजवादी पार्टी को १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको कार्यकाल पनि आजबाट सकिँदैछ ।
दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।
कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस