काठमाडौं - फिनल्याण्ड पहिलोपटक युरोकपमा छनोट हुन सफल भएको छ । फिनल्याण्डले युरो छनोटमा लिचेस्टाईनलाई ३–० पराजित गरेको हो ।

फिनल्याण्डका लागि तुमिनेले २१ औ मिनेटमा गोल गरे । खेलको ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत गोल गरे ।पुक्कीले ७५ औ मिनेटमा तेस्रो गोल गरे । समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोडेको छ । शीर्ष स्थानको ईटालीले ९ खेलबाट २७ अंक छ ।