काठमाडौं - राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन्। नेकपाको ओली समूहका वलीले प्रचण्ड–नेपाल समूहका पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने तयारी गरेकी हुन् ।

पन्तले एक कार्यक्रममा कोमल ओलीले पार्टीको लागि योगदान नगरेको तर, कोमल वलीले पिडौला देखाउँदै ‘पोइला जान पाम’ भनेपछि सांसद् बनाएको भन्ने अभिव्यक्ति दिएका थिए । सामाजिक संजालमा पन्तको चर्को विरोध भइरहँदा वलीले भने मुद्दा दायर गर्न लागेकी हुन् ।

भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको बताएका छन्।

वलीले पन्तको अभिव्यक्तिबारे कडा आपति जनाएकी छिन् । आइतबार एक ट्वीट गर्दै वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति जनाउँदै पन्तको निच सोचको निन्दा गरेकी छिन् । पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको प्रतिक्रिया दिएकी छिन् । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेकाले एकअर्काको आदर सम्मानविना समाजमा न्याय, समानता र विवेकशीलताको अन्त हुने वलीको भनाइ छ ।

विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।