प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, संसदीय दलको नेता परिवर्तन गर्ने
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।
बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको छ। स्थायी कमिटीपछि आजै दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पनि बस्दै छ । बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।
संसद् पुनस्र्थापना भएसँगै संसद् बैठकको मिति नजिकिँदै गएको छ । फागुन २३ गते बैठक बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरीसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-माधव पक्षको माग छ । तर, प्रधानमन्त्री ओलीले आफू संसद् फेस गर्ने बताउँदै राजीनामा नदिने अडान राखेका छन् ।
त्यसपछि प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो । प्रचण्ड–नेपाल पक्षले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० सँग पनि छलफल गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस