काठमाडौं , एजेन्सी - स्पेनिश लिग फुटबलको नयाँ सिजनमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले आइतबार राति घरेलु मैदानमा भिल्लारियललाई ४–० गोल अन्तरले हरायो । 

बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे । उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् ।

त्यसैगरी क्लबका मुख्य खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा गोल गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका हुन् । तर मेस्सी र कोम्यानबीचको तालमेल भने मिलेको छैन । 

लुइस सुआरेजलाई गुमाएपछि मेस्सी सन्तुष्ट छैनन् । पहिलो हाफको अन्तिम मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ४ गोलले अग्रता लिन सफल भयो । 

दोस्रो हाफमा गोल भएन । एउटा मात्र पहेंलो कार्ड भिल्लारियलका खेलाडी जेरार्ड मोरेनोले पाएका थिए । 

अन्य खेलको नतिजा 

ओसासुना १–३ लेभान्ते

आइबार १–२ एथलेटिक बिलबाओ

एथलेटिको मड्रिट ६–१ ग्रानाडा

काडिज १–३ सेभिया 

रियाल भल्लाडोलिड १–१ सेल्टाभिगो

अंक तालिका

रियाल बेटिस र ग्रानाडा ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छन् । रियाल सोसिडाड र सेल्टाभिगो ५ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । 

भ्यालेन्सिया, रियाल मड्रिड, गेटाफे र भिल्लारियलको समान ४ अंक छ । एथलेटिको मड्रिड, बार्सिलोना, सेभिया, लेभान्ते, ओसासुना, एथलेटिक बिलबाओ र काडिजको ३ अंक छ । सत्प्रतिशत नतिजा निकाल्ने एकमात्र टिम भने बार्सिलोना हो ।