पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्टको निधन
खबर एक्सप्रेस
२०७८-०३-०६ ०८:२३ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ।
मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको हो ।
उनलाई कोरोना संक्रमा भएको थियो ।सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।
लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।
उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस