काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाईटन्सले बुटवल व्लास्टर्सलाई जितका लागि १६६ रनको ठूलाे लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार पोखरा रंगशालामा बुटवलले टस जितेपछि क्ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको हो । विराटनगरका लगि सुनिल धमलाले अर्धशतकिय पारी खेले ।

५४ बलको सामना गरेका उनले ६१ रन बनाए । यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले ३३ रन जाेड्दै अविजित रहे । लोकेस बमले १९ रन बनाउँदा पुनित मेहरा १९ रनमा आउट भए । 

बुटवलका लािग हर्ष टंकले २ विकेट लिए यस्तै, अविनाश बोहरा र ललित भण्डारीले एक/एक विकेट लिए । आजको विजेता टिम फाइनलमा प्रवेश गर्नेछ ।