सङ्खुवासभा - सङ्खुवासभामा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ।

मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो ।

राई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।

हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको सङ्खुवासभा प्रहरीले जनाएको छ । सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेको छ। 

घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान सुरु गरिएको छ । विद्यालय परिसरमा राईको शव भेटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। घटना बिहीबार साँझ भएको बताइएको छ।