आज देशका यी स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको कारण देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘
दिउँसो : देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
फेसबुक पेज Like गर्नुहोस