काठमाडौं,एजेन्सी - हलिउड ‘गन गर्ल’ अभिनेत्री लिजा बेन्सको सडक दुर्घटनामा परी निधन भएको छ । न्युर्योकको सडक दुर्घटनामा घाइते लिजाको उपचारका क्रममा अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई सडकमा स्कुटीले ठक्कर दिएको कारण गम्भिर हालतमा अस्पताल पु¥याइएको थियो ।

उनको अस्पतालमा केही दिनको उपचारपछि निधन भएको हो । एक रातो र कालो रङको स्कुटर चढेको व्यक्तिले उनलाई ठक्कर दिएका थिए । पुलिस आउनु पहिले नै ती व्यक्ति दुर्घटना स्थलबाट फरार भएका थिए । दुर्घटनामा लिजालाई ठुलै चोट लागेको थियो । प्रहरीले दुर्घटना घटाउने फरार व्यक्ति अहिलेसम्म फेला नपरेको जनाएको छ ।

लिजाले कयौं टेलिभिजन शृंखला र चलचित्रमा अभिनय गरेकी छन् । जसमध्ये उनलाई ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’ बाट फरक पहिचान मिलेको थियो । त्यस्तै, उनले थुप्रै सोमा समेत काम गरेकी थिइन् ।