७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०४-२२ ०२:१६ मा प्रकाशित
Total Shares: 171
काठमाडौं- देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।
यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस