सर्पको टोकाइबाट बालकको मृत्यु
खबर एक्सप्रेस
२०७६-०४-२१ ११:०० मा प्रकाशित
Total Shares: 1097
कपिलवस्तु - शिवराज नगरपालिकामा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ। वडा नम्बर ३, चनईका सात वर्षीय मनोज कोहारको सर्पदंशबाट मृत्यु भएको हो।
सोमबार राति सर्पले टोकेको मनोजलाई उपचारका लागि गोरूसिङ्गस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। बालकलाई उपचार केन्द्रमा समयमै पुर्याउन नसक्दा मृत्यु भएको केन्द्रका प्रमुख नवीन भण्डारीले बताए।
सोमबार मात्रै सर्पदंशबाट जिल्लाको वाणगंगा नगरपालिकामा दुईजनाको मृत्यु भएको थियो। पछिल्लो समयमा सर्पदंशका घटनामा बृद्धि भएको छ।
फेसबुक पेज Like गर्नुहोस