काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले मानवीय समस्यालाई गम्भीर रूपमा लिएर तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले देशमा भइरहेका पीडादायी घटनाले सबैलाई गम्भीर बन्न बाध्य बनाएको बताएका हुन् ।