नेपालमा बेरोजगारी समस्या भयावह हुन सक्ने आईएलओको चेतावनी
काठमाडौं - सरकारले बजेट मार्फत रोजगारी सृजनालाई महत्व दिइरहेको दावि गरेकै बेला अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले भने नेपालमा बेरोजगारीको समस्या भयावह हुन सक्ने चेतावनी दिएको छ ।
संगठनले थोक तथा खुद्रा व्यापार, उत्पादनमूलक, निर्माण, यातायात र भण्डारण, होटेल तथा रेस्टुराँ र अन्य (रियल इस्टेट र प्रशासनिक) क्षेत्रको रोजगार अवस्थाको अध्ययन पछि त्यो चेतावनी दिएको हो ।
आईएलओका अनुसार ती पांच क्षेत्रमध्ये सबैभन्दा बढी जोखिममा रहेका श्रमिकहरू थोक तथा खुद्रा व्यापार क्षेत्रका छन् । त्यो क्षेत्रमा अहिले नै ७ लाख ८० हजार जनाले रोजगारी गुमाइसकेको, उत्पादनमूलक क्षेत्रका ४ लाख ४६ हजार, निर्माण क्षेत्रका ४ लाख ४ हजार, यातायात क्षेत्रका २ लाख ११ हजार, होटल तथा रेस्टुराँ सेवाका ६२ हजार र अन्य (रियल इस्टेट, प्रशासनिकलगायत) क्षेत्रका ८३ हजार जनाको पनि रोजगारी गुमेको छ । यसका साथै निर्माण, उत्पादनमूलक र व्यापार क्षेत्रका ८० प्रतिशत कामदारको रोजगारी संकटमा परेको आईएलओको दावि छ ।
आईएलओका अनुसार कोरोना भाइरसको महामारीबाट सृजित अवस्थाका कारण अहिलेसम्म रोजगारी गुमाउनेहरुमा महिला श्रमिकहरु ६ लाख ३१ हजार (कूल महिला श्रमिकमध्ये को २४ दशमलव ३ प्रतिशत) र १३ लाख पुरुष श्रमिक (कुल पुरूष श्रमिको ३० दशमलव ३ प्रतिशत) रोजगारी गुमाइसकेका छन् र भविश्यमा यो अवस्था अरु बढ्न सक्ने चेतावनी आइएलओले दिएको छ ।
संगठनका अनुसार कोरोनाको माहामारी शुरु हुनु अगाडि नेपालको पर्यटन क्षेत्रमा ५ लाख ७३ हजार व्यक्ति रोजगार रहेकोमा अहिले तीन चौथाइ कामदारहरूको रोजगारी अनिश्चित भएको छ । त्यस्तै नेपालका १४ लाख घरेलु महिला श्रमिकको आयआर्जन पनि अनिश्चित भएको र, वैदेशिक रोजगारीमा रहेका ३५ लाख नेपाली कामदारको रोजगारीमा अवरोध आएकोले उनीहरुको आम्दानी पनि घटेको दावि गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस