राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 29
काठमाडौं-संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।’
उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
उनलाई विस २०८० बैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका थिए ।


.gif)



फेसबुक पेज Like गर्नुहोस