माैसम: पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना
खबर एक्सप्रेस
२०७८-११-०७ ०८:३० मा प्रकाशित
Total Shares: 344
काठमाडाैं - देशमा कुनै उल्लेखनिय प्रणाली छैन । बिहान तराईका थोरै भू-भागमा हुस्सु-कुहिरो लागेको छ ।
दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ ।
त्यस्तै, आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस