काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हालेका छन् । 

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका छन् । 

सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्ने उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पुर्‍याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।